काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला चयन भएका छन्।
कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले ठकुल्लालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको बैठकले ठकुल्लालाई फागुन ६ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको समेत जानकारी दिएको छ ।






































