National life

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
1.1kShares
महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना
ncell

काठमाडौं । उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्रि तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ ।

बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा आयोजना गरिएको कार्यक्रम नगरपालिका उपप्रमुख अनिता लामा र चर्चित अभिनेत्री मनीषा कोइरालाले सयुक्त रुपमा शुभारम्भ गरेका थिए । सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरिएको उक्त कार्यक्रममा हस्तकलाका सामग्री, बिभिन्न कपडाहरु ,घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तराष्ट्रिय ब्राण्डका तयारी पोशाकहरु प्रर्दशनीका साथै बिक्रि गरिएको थियो ।

कार्यक्रमको अवसरमा उपप्रमुख लामा र अभिनेत्री कोईरालाले महिलाहरूको सीप र उद्यमशीलता प्रवद्र्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उद्यमशीलता प्रवद्र्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाएकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?