काठमाडौं । सांसद अमरेश कुमार सिंहले नेपाल राष्ट्र बैंकको वर्तमान डेपुटी गभर्नरलाई नै गभर्नर बनाउन किन नसकेको भनेर सरकारलाई प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अमरेश कुमार सिंहले उक्त प्रश्न राखेका हुन् ।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि वरिष्ठताका आधारमा डा. निलम ढुंगाना हाल डेपुटी गभर्नरको जिम्मेवारीमा छिन् ।
सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा समिति गठन गरेको छ ।
यसै सन्दर्भमा सांसद सिंहले प्रश्न गरे, "डेपुटी गभर्नरलाई महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ?"
गभर्नर जस्तो पदमा राजनीतिक दलको भागबण्डा हुनु गलत रहेको उनको भनाइ थियो । उनले पार्टीका कार्यकर्तालाई लैजाने प्रवृत्तिले गलत अभ्यास स्थापना गर्ने भन्दै त्यसो गर्न नहुने सुझाव राखे ।
समयमै गभर्नर नियुक्त गर्न नसकेको विषयमा सांसदहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

































