National life

मितेरी डेभलपमेन्ट बैंक सहित तीन विकास बैंक राष्ट्र बैंकको कार्वाहीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
523Shares
मितेरी डेभलपमेन्ट बैंक सहित तीन विकास बैंक राष्ट्र बैंकको कार्वाहीमा
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंक सहित तीन विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।

निर्देशन उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत सचेत गराएको छ त्यस बाहेक १ फाइनान्सलाई जरिवाना समेत तिराएको छ।

कारबाहीमा पर्नेमा मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीमा रिलायन्स, प्रोग्रेसिभ, जानकी र गोर्खाज रहेका छन्।

रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएको छ । त्यस्तै प्रोग्रेसिभ, जानकीले वित्तीय विवरण बुझाउन ढिला गरेको र गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेकाले कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?