National life

"एनसेलमा भएको तोडफोड र आगजनी पूर्वाधार र अर्थतन्त्रमाथिको प्रहार"

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
1.1kShares
"एनसेलमा भएको तोडफोड र आगजनी पूर्वाधार र अर्थतन्त्रमाथिको प्रहार"
ncell

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा काठमाडौँको लैनचौरस्थित एनसेल कम्पनीको मुख्यालयमा तोडफोड तथा आगजनी भएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि भवन तथा संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ।

विज्ञहरूले एनसेलले यसलाई कम्पनीमाथिको मात्र नभई देशको पूर्वाधार र अर्थतन्त्रमाथिको प्रहार भएको बताएका छन् । उनीहरूले कम्पनी तोडफोड र आगजनी गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

Royal Enfield
nic asia capital

एनसेलले विगतमा विभिन्न विपद् र संकटका बेला राज्यलाई सहयोग गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि कम्पनीले प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो र ग्राहकहरूलाई करिब १ अर्ब ६० करोड बराबरको सेवा सुविधा निःशुल्क उपलब्ध गराएको थियो। त्यस्तै, कोभिड–१९ महामारीका समयमा सरकारले स्थापना गरेको कोषमा पनि एनसेल पहिलो निजी कम्पनीका रूपमा १० करोड रुपैयाँ योगदान गरेको थियो।

राज्यका ठूला करदातामध्ये एक रहेको एनसेलले आफ्नो स्थापनादेखि हालसम्म ३ खर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई बुझाएको छ। हालसम्म हजारौँ नेपालीलाई रोजगारी दिइरहेको यस कम्पनीमाथि भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

विज्ञहरूले यसलाई कम्पनीमाथिको मात्र नभई देशको पूर्वाधार र अर्थतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?