काठमाडौँ। सांसद जनार्दन शर्माले मूल्यवृद्धिको समस्याका बारेमा सार्वजनिक लेखा समितिमा छलफल गर्न आवश्यक नभएको बताएका छन् ।
उक्त विषय उद्योग मन्त्रीले समाधान गर्नुपर्ने भएको भन्दै समितिमा छलफल गर्न जरुरी नभएको शर्माको भनाई छ । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा उक्त कुरा बताएका हुन् ।
‘मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो, समितिको काम होइन,’ उनले भने, ‘यो सरकारले समाधान गर्ने हो । किन ल्याइयो सार्वजनिक लेखा समितिमा रु मूल्य वृद्धिको विषय यहाँ छलफल गर्ने होइन । हाम्रो समय बरबाद भएको छ।’
मूल्य वृद्धि नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी भएको उनले बताए । यस्तै विद्युत् लोडसेडिङ आजबाट हट्नेसमेत बताए । त्यस्तै अर्का सांसद योगेश भट्टराईले मूल्य बढ्नुमा संयोग नभएर नियत खराब भएको बताएका छन् । बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सोही छलफलमा बोल्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।
‘निर्माणको सिजनमा मूल्य वृद्धि गरिएको छ । तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको छ, सांसद भट्टराईले भने, ‘मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै?’
साथै उनले उद्योगीहरूलाई लागत अनुसार उचित मूल्य लिन आग्रह गर्दै उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नहुने बताएका छन् ।


































