National life

मौदिक निति समीक्षा: सेयर र घरजग्गा कर्जामा लचता देखायो राष्ट्रबैंक,व्याजदर कति घट्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
592Shares
मौदिक निति समीक्षा: सेयर र घरजग्गा कर्जामा लचता देखायो राष्ट्रबैंक,व्याजदर कति घट्ला ?
ncell

काठमाडौं । राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीतिको समीक्षा गर्दै ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार’ १२५ प्रतिशतमा झारेको छ ।

यसअघि यस्तो १५० प्रतिशत जोखिम भार थियो । यो सालको मौद्रिक नीतिले साना आकारका सेयर कर्जा र विशेषगरी घरजग्गा कर्जाको जोखिमभार घटाए पनि त्यसले बजारमा तात्विक असर पारेको भने थिएन ।

ठूला ऋणीका लागि कर्जा महँगो पर्ने भए पछि उनीहरुले राष्ट्र बैंकको आलोचना गरिरहेका थिए ।यसको असर सेयरको दोस्रो बजार पनि उकालो लाग्न सकेन भने घरजग्गा कारोबार पनि अपेक्षाकृत रुपमा बढ्न सकेको थिएन ।

Royal Enfield
nic asia capital
व्यवसायीहरुले यस जोखिम भारलाई शतप्रतिशतमा झार्न माग गरिरहेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्यापारी व्यवसायीहरुसँगको छलफलपछि जोखिम भार अनुपातलाई १०० प्रतिशत वा त्यसको नजिक झार्न राष्ट्र बैंकलाई अनुरोध गरेका थिए ।

केन्द्रिय बैंकले २५ प्रतिशत विन्दुले जोखिमभार घटाएर मध्येमार्गी बाटो रोजेको छ । अब सेयर बजारमा २० करोडसम्म ऋण लिएर लगानी गर्ने लगानीकर्ताका लागि पनि जोखिम भार १२५ प्रतिशत भए पुग्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?