काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८० र ८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज (शुक्रवार) सार्वजनिक गरेको छ।
केही बेर अगाडी बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै त्रैमासिक समीक्षा सार्वजनिक भएको हो । मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने बताएको छ।
बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ भने नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारिएको छ ।
त्यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको छ ।यस अगाडी कायम रहेकोे अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत् राखिएको राष्ट्र बैंकको भनाई छ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/12/maudrik-niti-purna-patha.pdf" title="maudrik niti purna patha"]
































