National life

यसकारण लाग्यो, प्राधिकरण अध्यक्ष सिलवालमाथि भ्रष्टाचार आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
413Shares
यसकारण लाग्यो, प्राधिकरण अध्यक्ष सिलवालमाथि भ्रष्टाचार आरोप
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेसँगै सिलवाल निलम्वनमा परेका छन् ।

सिलवालले नपाएको ओहदा पाएँ भन्ने झुट्टा विवरण दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । यस्तै उनीविरुद्ध ३६ लाख ६२ हजार १५४ रूपैयाँ बिगो रकम समेत माग गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अध्यक्ष सिलवालले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएको अख्तियारको दाबी छ ।

२४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिदा सिलवालको उमेर १६ बर्षमात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ उल्लेख गरिएको छ ।

आयोगका अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ उल्लेख छ ।

निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्वीकारेको आरोप लगाएको छ ।

यस्तै निजामती सेवामा रहँदा पनि अध्यक्ष सिलवालले कुटनीतिक राहदानी र विशेष राहदानी लिएका थिए । राहदानीमा उनको जन्ममिति २४ कार्तिक, २०१८ उल्लेख गरिएको छ । त्यसकारणले वास्तविक भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो ।

निजामती सेवामा सचिवबाट अवकाशपछि सिलवाल १९ माघ, २०७७ मा विमा समितिमा नियुक्त भएका थिए । त्यतिबेला ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार उनको नियुक्ति भएको थियो ।

मापदण्डमा ६५ वर्ष उमेर पुरा भएको पदाधिकारी स्वतः अवकाश हुने व्यवस्था थियो । उनले त्यसैलाई स्वीकारेर बीमा समितिको अध्यक्षमा नियुक्त भएको अख्तियारको दाबी छ । बिमा समिति अहिले प्राधिकरणमा रुपान्तरण भएको छ । समितिका अध्यक्ष सिलवालले प्राधिकरणको अध्यक्षमा निरन्तरता पाए ।

nic asia capital

१५ साउन, २०८० मा अवकाश हुनुपर्नेमा त्यसलाई छलेर बीमा प्राधिकरणको अध्यक्षमा समेत नियुक्ति लिएको भनी अख्तियारले सिलवालमाथि प्रश्न उठाएको हो । आफैंले स्वीकारेको जन्ममिति परिमार्जन गरेर थप तीन वर्ष पदावधि लम्ब्याउन खोजेको भनी अख्तियारले उनीमाथि प्रश्न उठाएको हो ।

अनि झुटा विवरणकै आधारमा ३ वर्ष उमेर घटाएर राहदानीको कागजात पेश गरेको आरोप समेत उनीमाथि आयोगले लगाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?