National life

यस वर्ष ९ महिनामा चालु खर्च ६३ अर्बले घट्यो ,राजस्वमा भने ६४ अर्ब बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
541Shares
यस वर्ष ९ महिनामा चालु खर्च ६३ अर्बले घट्यो ,राजस्वमा भने ६४ अर्ब बढ्यो
ncell

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार यस वर्षको सरकारी खर्च न्यून देखिएको छ। विशेष गरी चालु प्रकृतिको खर्चमा आश्चर्यजनक रूपमा नै कमी आएको महालेखाको प्रस्तुत तथ्यांकले देखाएको छ ।

कार्यालयको तथ्यांक अनुसार यस्तो चालु प्रकृतिको खर्च विगत वर्षको तुलनामा ६२ अर्ब ७४ करोड अर्थात् करिब नौ प्रतिशतले कमी आएको हो । चालु खर्च अन्तर्गत संघीय सरकारको प्रशासनिक खर्च,तलब भत्ता,सरकारले गर्ने सभा सेमिनार, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, अनुदान, सहुलियत, तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मत सम्भारमा गर्ने खर्चहरू पर्दछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०७९ को नौ महिनाको अवधिमा (साउनदेखि चैतसम्म) यस किसिमको खर्च सात खर्ब ६ अर्ब ७६ करोड भएको थियो। चालु आर्थिक वर्षमा भने ६ खर्ब ४४ अर्ब दुई करोड रुपैयाँले भएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०५१-५२ मा ५८ र २०६६-६७ मा ४६ प्रतिशतले चालु खर्च बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा समावेश गरिएको छ। विगतका कुनै पनि आर्थिक वर्षमा चालु खर्च घटेको छैन। सबैभन्दा न्यून वृद्धिदर २०६९-७० मा १.६ प्रतिशतको छ। तर, कुनै पनि वर्ष नघटेको यस्तो खर्च यो वर्ष भने नौ महिनाको अवधिमा नौ प्रतिशतले कमी आएको छ।

फागुन मसान्तसम्म चालु खर्च २६ अर्ब रुपैयाँले मात्रै घटेकोमा चैत मसान्तमा आउँदा करिब ६३ अर्ब रुपैयाँले कमी छ। यसको अन्तर हेर्दा चैत महिनामा धेरै मात्रामा चालु प्रकृतिको खर्चमा कमी आएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा चौथो त्रैमासमा कडाइ गरेको थियो। यो वर्ष भने तेस्रो त्रैमासमा नै कडाइ गरिएको कारण केही खर्च घटेको हुन सक्ने आकलन गरिएको छ। यसका साथै सामाजिक सुरक्षा, कर्मचारीको तलब भत्तामा पनि गत वर्षको तुलनामा खर्च घटेको छ।

त्यस्तै सरकारले घोषणा गरेका विभिन्न प्रकारका अनुदान भुक्तानीमा पनि ढिलाइ गरेको कारण यसको प्रभाव देखिएको छ। विभिन्न प्रकृतिका ब्याज अनुदान तथा निर्यातको आधारमा दिइने नगद अनुदान भुक्तानीमा अहिले ढिलाइ भएको छ।

यस्तै सरकारको पुँजीगत खर्च पनि घटेको छ। गत वर्षको तुलनामा पुँजीगत खर्च नौ अर्ब ८६ करोड रुपैयाँले घटेको छ। विशेष गरी सार्वजनिक ऋणको सावाँ भुक्तानीमा प्रयोग गरिएको वित्तीय व्यवस्थापन खर्च भने यो वर्ष उल्लेखनीय बढेको छ। यस्तो खर्च अघिल्लो वर्षको तुलनामा ३९ अर्ब रुपैयाँले बढेको महालेखाको तथ्यांक छ।

यो वर्ष राजस्व भने ६४ अर्ब रुपैयाँले बढेको छ। गत वर्ष नौ महिनामा ६ खर्ब ८३ अर्ब रूपैयाँको राजस्व सङ्कलन भएको थियो। यो वर्ष नौ महिनामा भने ७ खर्ब ४८ अर्ब रुपैयाँ सङ्कलन भएको छ। गत वर्षभर ९.५२ प्रतिशतले राजस्व सङ्कलन घटेकोमा यो वर्ष भने ९.३२ प्रतिशतले बढेको छ। सरकारले यो वर्ष ४१ प्रतिशतले राजस्व बढ्ने आकलन गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?