National life

यस साता सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कुन दिन कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ भदौ २०८१, शनिबार
870Shares
यस साता सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कुन दिन कतिमा भयो कारोबार ?
ncell

काठमाडौँ । यस साता सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रवार सुन तोलाकै एक लाख ५६ हजार ३०० रुपैयाँको उचाइमा पुगेको छ।

नेपाली बजारमा यस साता सुनको मूल्यले रेकर्ड पछि रेकर्ड कायम गरेको छ। साताभरमा सुन ४ हजार २०० रुपैयाँले महँगिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार र मङ्गलवार बढेर प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँ कायम भएकोमा बुधवार भने सुनको मूल्य उच्च रेकर्ड राख्दै प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, बिहीबार सामान्य घटेको सुनको मूल्य तोलाको एक लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो । यद्धपी सुनको मूल्यले शुक्रवार पुनः अर्को रेकर्ड कायम गर्दै तोलाकै एक लाख ५६ हजार ३०० रुपैयाँको उचस्तरमा कारोबार भएको छ। यो मूल्य साताको पहिलो दिनको तुलनामा ४,२०० रुपैयाँले बढी हो ।

त्यस्तै, यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताभरमा चाँदीको भाउ तोलामा ११० रुपैयाँले बढेको छ । आइतबार, चाँदी तोलाको एक हजार ७५० रुपैयाँ रहेको मूल्य शुक्रवार प्रतितोला एक हजार ८६० रुपैयाँ कायम भएको हो ।

कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता र अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावका कारण सुनको भाउ बढेको जानकारहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
870SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?