National life

यात्रुबाहक सवारीले नागढुंगा सुरुङमार्ग प्रयोग गर्न पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|०४ असोज २०८२, शनिबार
928Shares
यात्रुबाहक सवारीले नागढुंगा सुरुङमार्ग प्रयोग गर्न पाउने
ncell

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्व नजिकिँदै गर्दा यातायात सहज बनाउन तथा सडक सुरक्षासम्बन्धी विषयमा आज सरोकारवालासँग छलफल गरेका छन्।

छलफलपछि उनले यात्रुहरूले चौबिसै घण्टा सडक अवस्थाबारे जानकारी पाउन र गुनासो राख्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

मन्त्रीको सचिवालयका अनुसार, काठमाडौँ उपत्यकाबाट बाहिर जाने सार्वजनिक सवारीसाधनहरूलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउने र दशैंपछि त्यही बाटोबाट भित्र प्रवेश गर्न सक्ने व्यवस्था पनि गर्नेबारे बैठकमा छलफल भएको छ।

बैठकले काठमाडौँको नयाँ बसपार्क तथा देशका विभिन्न राजमार्गमा सुरक्षा कडाइ गर्न प्रहरी गस्ती र संख्यामा वृद्धि गराउन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

Royal Enfield
nic asia capital

यस्तै, बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर १२ चक्के वा सोभन्दा ठूलो सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्ने निर्णय गरिएको छ। तर खाद्यान्नजस्ता अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिने व्यवस्था मिलाइने छ।

बैठकले सडक विभागलाई मुलुकभरका मुख्य सडक चुस्त बनाउन, पहिरो हटाउने उपकरण उपलब्ध गराउन, बुटवल–नारायणघाट सडकमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन सुनिश्चित गर्न, नारायणघाट–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो हटाई तत्काल सञ्चालनमा ल्याउन र तातोपानी नाकासम्मको सडक दशैंअघि सञ्चालन गर्न आवश्यक पहल गर्न निर्देशन दिएको छ।

यात्रुहरूले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अपिल गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, देशभरका सडक र सुरक्षा व्यवस्थापनबारे चौबिसै घण्टा जानकारी दिन ‘फोकल पर्सन’ तोक्ने निर्देशन सडक विभागलाई दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?