काठमाडौं । भन्सार विभागको एक तथ्यांक अनुसार अन्य वस्तुहरूको निर्यात घटिरहेका समयमा यार्सागुम्बाको निर्यातमा भने दोब्बरले वृद्धि भएको छ।
चालु आर्थिक वर्ष २०८०-०८१ को सात महिनाको अवधिमा ६० करोड बढीको यार्सागुम्बा निर्यात भएको छ। विभागले प्रस्तृत गरेको एक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९्-०८० मा ३१ करोड २१ लाख ३२ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । आर्थिक वर्ष ८०९-०८१ को सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो। जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो ।
नेपालबाट हङकङ, भियतनाम, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकालगायत १५ भन्दा बढी देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।
हाल नेपालमाको डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ ।



































