काठमाडौं । विभिन्न प्रयोजनका लागि अप्पर अरुण जलविद्युत आयोजना,तामाकोशी पाँचौं जलविद्युत आयोजना र सोनाखोला हाइड्रो आयोजनालाई जग्गा प्रयोग तथा प्राप्ति गर्न मन्त्रीपरिषद्को बैठकले स्वीकृति दिएको छ।
माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि सङ्खुवासभा भोटखोला गाउँपालिकामा राष्ट्रिय वन र संरक्षित वनको २१.२७६ हेक्टर जग्गा प्रयोग गर्न आयोजना प्रबर्द्धक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई स्वीकृति प्रदान गरिएको हो ।
यसै तामाकोशी पाँचौं जलविद्युत आयोजनाको प्रशारण लाइनको टावर निर्माणका लागि दोलखाको बिगु गाउँपालिकामा ०.२९ हेक्टर निजी जग्गा प्राप्ति गर्न पनि बैठकले स्वीकृत दिएको छ ।
यता सोनाखोला जलविद्युत निर्माण आयोजनाको लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको राष्ट्रिय वनको ३.६७ हेक्टर जग्गा प्रयोग गर्न पनि मन्त्रीपरिषद्को बैठकले स्वीकृति दिएको जानकारी दिएको छ ।



































