National life

युनाईटेड इदी मार्दी हाइड्रोको ४.२११% लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
583Shares
युनाईटेड इदी मार्दी हाइड्रोको ४.२११% लाभांश घोषणा
ncell

काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर ६ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जसअनुसार कम्पनीले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १ः१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजाने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?