National life

रमपम चाउचाउ उत्पादक एशियन थाई फूड्सले आईपीओ जारी गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
448Shares
रमपम चाउचाउ उत्पादक एशियन थाई फूड्सले आईपीओ जारी गर्दै
ncell

काठमाडौँ । सुनसरी मोरङ औद्योगिक करिडरको निकै पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले पनि आईपीओ निष्काशन गर्ने भएको छ ।

रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको यो उद्योगले पनि आईपीओ निष्काशनको तयारी सुरु गरेको हो । जसअनुसार मंगलबार कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्दै सो सम्बन्धी सम्झौता समेत गरेको छ ।

यो सम्झौताले एशियन थाई फूड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुने जारी विज्ञप्तिमा जनाइएको छ ।

Royal Enfield
nic asia capital

सम्झौतामा एशियन थाई फुड्सको तर्फबाट अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी सञ्चालक राधेश्याम शारडा र सञ्चालक आशीष जाजुले हस्ताक्षर गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।

हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्रबोर्डबाट अनुमतिप्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एशियन थाई फूड्सले एफएमसीजी प्रडक्ट्स अन्तर्गत चाउचाउ तथा स्न्याक्सका विभिन्न आइटम उत्पादन गर्दै आइरहेको छ । यो उद्योगका उत्पादन हाल ३० भन्दा बढी देशमा निर्यात हुने गरेको छ । एशियन थाई फूड्सका प्रमुख उत्पादनहरूमा रमपम, टू पीएम तथा प्रीति चाउचाउ रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?