काठमाडौँ । राष्ट्रिय जीवन बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन माग भएको छ। यस अगाडि आवेदन दिएका मध्येबाट कोही पनि उम्मेदवार छनोटमा नपरेकापछि कम्पनीले पुन आवेदन माग गरेको हो ।
यसअघि गत असोज १६ गते एक सूचना जारी गर्दै सीइओ पदमा दरखास्त आह्वान गरेको थियो । तर, सो पदका लागि आवेदन गरेका कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएपछि फेरि आवेदन माग गरेको हो ।
कम्पनीले बिहीबार एक सूचना जारी गर्दै रिक्त रहेको सीइओ पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौँमा निवेदन बुझाउन भनेको छ। उम्मेदवारले व्यावसायिक कार्ययोजना तयार गरी बुझाउनुपर्ने शर्त तोकिएको छ भने आवेदन शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ।







































