काठमाडौं । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गरेको छ ।
केन्द्रीय बैंकले आज सोमबार पूर्वाधार विकास बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, र लघुवित्त वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गरेको छ ।
उक्त निर्देशनमा बैंकले एकीकृत निर्देशन, २०८० र सो पश्चात २०८१ पुस मसान्तसम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरेको छ ।
राष्ट्र बैंकले हरेक वर्ष बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गर्ने गर्दछ ।

































