National life

राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ खिच्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
478Shares

काठमाडौँ । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार २९ गते आइतबार बजारबाट ५० अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ४ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

ncell
Royal Enfield
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म० उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको अनलाइन बिडिङ प्रणाली सफ्टवेयर मार्फत अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

आवेदन दिंदा घटीमा रु। १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पूरै रकमसम्मको लागि आवेदन दिन सकिने छ । प्राप्त आवेदनको आधारमा राष्ट्र बैंकले ६० अर्ब, सो भन्दा बढी वा सो भन्दा घटी रकम खिच्न सक्ने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?