काठमाडौँ । अर्थ मन्त्रालयका सचिव समेत रहेका डा.रामप्रसाद घिमिरेले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा शपथ ग्रहण गरेका छन्।
घिमिरेले प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठबाट शपथ ग्रहण गरेका हुन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बिच प्रधानन्यायाधीश श्रेष्ठले घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था कायम गरेको छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले प्रधानन्यायाधीश सर्वोच्च वा अदालतको निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।





























