काठमाडौँ । सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्नै सोको उल्लेख गरेका हुन् ।
रासायनिक मलका लागि आगामी आवमा सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ ।
रासायनिक मल कारखाना स्थापनाको तयारी गरिने समेत बजेटले घोषणा गरेको छ ।


































