National life

रास्वपाको वाचा : अर्थतन्त्रको आकार १०० अर्ब डलर , प्रतिव्यक्ति आय ३००० डलर पुर्‍याइने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ फागुन २०८२, बिहिबार
814Shares
रास्वपाको वाचा : अर्थतन्त्रको आकार १०० अर्ब डलर , प्रतिव्यक्ति आय ३००० डलर पुर्‍याइने
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आमनिर्वाचनको तयारीस्वरूप आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभामा पार्टीका शीर्ष नेताहरूले उक्त वाचापत्र सार्वजनिक गरेका हुन्।

वाचापत्र सार्वजनिक हुनु अघि उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले यसका मुख्य अंशहरू प्रस्तुत गर्दै यसमा मुलुकको नीतिगत दिशालाई परिभाषित गर्ने एक सय आधार समेटिएको जानकारी दिएका थिए।

Royal Enfield
nic asia capital

उनका अनुसार, देश सञ्चालनको मार्गचित्र स्पष्ट गर्दै अर्थतन्त्रका विद्यमान समस्याको समाधानका उपायहरू प्रस्ताव गरिएको छ। वाग्लेले दलको प्रभावबाट मुक्त प्रशासन, सरकारी सेवामा अनलाइन प्रणालीको विस्तार, तथा राज्यप्रति नागरिकको भरोसा बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए।

दशकौँदेखि अलपत्र रहेका आर्थिक सुधार अघि बढाइने र विकासमा अवरोध पुर्‍याइरहेका विभिन्न ऐन र नियमावली एकैचोटि खारेज गरिने योजना पनि प्रस्तुत गरिएको छ।

उनले निजी क्षेत्रलाई सरकारको सहयात्रीको रूपमा अघि बढाइने, करको बोझ घटाइने र जटिल प्रशासनिक प्रक्रियालाई सरलीकृत गरिने उल्लेख गरे। “सरकारलाई जनताको दैलोसम्म पुर्‍याउने” प्रतिबद्धता पनि उनले व्यक्त गरे।

रास्वपाले आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य लिएको जनाएको छ। स्थिर मूल्यमा वार्षिक न्यूनतम ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने, पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने तथा सोही अवधिमा अर्थतन्त्रको आकार १०० अर्ब डलरसम्म विस्तार गर्ने योजना पार्टीले अघि सारेको छ।

यो समाचार शेयर गर्नुहोस्
814SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?