National life

रुरु जलविद्युतको खुद नाफामा २.२९ प्रतिशतले वृद्धि, कस्तो छ अन्य वित्तीय सूचक ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
616Shares
रुरु जलविद्युतको खुद नाफामा २.२९ प्रतिशतले वृद्धि, कस्तो छ अन्य वित्तीय सूचक ?
ncell

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार कम्पनीको कम्पनीको नाफा र आम्दानीमा सुधार देखिएको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम २.२९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, कम्पनीको विद्युत् बिक्री आम्दानी ०.५६ प्रतिशतले बढेर ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको वित्त खर्च २१ लाख ६० हजार रुपैयाँबाट घटेर १५ लाख ९३ हजार रुपैयाँमा सीमित बनेको छ। कम्पनीको प्रशासनिक खर्च भने १७ लाख ६५ हजार रुपैयाँबाट बढेर  २१ लाख ९४ हजार रुपैयाँ पुगेको छ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौताअन्तर्गतको अतिरिक्त २० प्रतिशतले हुन आउने ७ करोड ५९ लाख २८ हजार ८१८ रुपैयाँ प्राधिकरणसँग लिन बाँकी रहेको समेत जनाएको छ ।

४९ करोड ३३ लाख रुपैयाँ बराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा २१ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३०.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४.५२ रुपैयाँ कायम रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?