National life

रुरु जलविद्युत परियोजनाको १५.७८९ प्रतिशत लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
533Shares
रुरु जलविद्युत परियोजनाको १५.७८९ प्रतिशत लाभांश घोषणा
ncell

काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडले  १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

असोज १२ गते शनिवार दिन बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयर धनीलाई लाभांशको प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएसँगै शेयर धनीको खातामा जम्मा हुनेछ ।

कम्पनीले कार्तिक ११ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?