National life

रुसी राजदूत र अर्थमन्त्री पुनबिच भेटवार्ता: जलविद्युत् र मल कारखानामा लगानी गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
534Shares
रुसी राजदूत र अर्थमन्त्री पुनबिच भेटवार्ता: जलविद्युत् र मल कारखानामा लगानी गर्न आग्रह
ncell

काठमाडौँ ।  नेपालका लागि रुसी राजदूत अलेक्सेई ए.नोभिकोभ र अर्थमन्त्री वर्षमान पुनबिच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

भेटमा अर्थमन्त्री वर्षमान पुन अनन्तले ठुला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन्। बुधवार भएको भेटघाटमा पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका छन्।

Royal Enfield
nic asia capital

‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठुलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण बनाउन हामी तयार छौं ।’

जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताएका छन् । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो।

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे । रुस र नेपालबिच लामो सम्बन्ध रहेको तथा रुस सरकारले पूर्वपश्चिम राजमार्गको एक खण्ड तथा जलविद्युतसहित अन्य पूर्वाधार निर्माणमा नेपाललाई सहयोग गरेको स्मरण मन्त्री पुनले गरे ।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?