National life

लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
563Shares
लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज स्थिर
ncell

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने स्थिर रहको हो।

बुधवार अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रुपैयाँ बढेर सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज ९बिहीबार० पनि सुन सोही मूल्यमा किनबेच भइरहेको छ।

Royal Enfield
nic asia capital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसै गरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

*अघिल्लो समाचारमा सुनको मूल्य घट्यो शीर्षकमा हुन गएको कमजोरी सुधार गरिएको छ । 

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?