काठमाडौँ । सुनको मूल्य उच्च बिन्दुमा गएर लगातार दोस्रो दिन समेत स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो दुई कारोबारका दिन यही मूल्य कायम रहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।
































