काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकहरूले आर्थिक वर्ष २०८१/८२ मा कुल ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २२.०१ प्रतिशतले बढी हो।
गत वर्ष सोही अवधिमा ८ वटै राष्ट्रिय स्तरका विकास बैंकहरूले जम्मा ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ मुनाफा गरेका थिए।
यस अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ। बैंकको मुनाफा ३०.८० प्रतिशतले बढ्दै १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष मुक्तिनाथको नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो।
गरिमा विकास बैंक नाफा वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । उसले २०१.९७ प्रतिशतले मुनाफा बढाएर १ अर्ब ३१ करोड रुपैयाँ कमाउन सफल भएको छ।
त्यस्तै, शाइन रेसुङ्गा विकास बैंकको नाफा ०.४८ प्रतिशतले बढ्दै ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। सांग्रिला विकास बैंकको मुनाफा ६.५१ प्रतिशतले वृद्धि भई ५३ करोड ७० लाख पुगेको छ।
महालक्ष्मी विकास बैंकले पनि १.२६ प्रतिशतले मुनाफा बढाउँदै ५० करोड ६६ लाख रुपैयाँ कमाएको छ।
































