काठमाडौँ । ग्राहकहरूले वित्तीय सेवा लिनुअघि राम्रोसँग उल्लेख भएका सर्तहरू पढ्न बुझ्न आवश्यक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक सूचना जारी गर्दै बैंकले जस्तोसुकै वित्तीय कारोबार गर्दा समेत वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएको हुने बताउँदै सर्तहरूको पूर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व भएको बैंकले सूचनामा उल्लेख गरेको छ।
केन्द्रीय बैंकले भनेको छ, ‘नबुझिएमा प्रश्न सोधी प्रस्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफूले सुरक्षित राख्ने गर्नुपर्दछ । ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरू बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई सर्तहरू बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुन्छ । ग्राहकले सोधेका प्रश्नको सही र सरल जवाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवा प्रदायकको दायित्व हो ।’
पछाडि पछुताउनु भन्दा अगावै हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू नबुझेसम्म प्रश्न सोध्ने बानी ग्राहकको हुनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ ।



































