National life
cg eloctronics

विद्युतीय मुद्रा ‘सीबीडीसी’ प्रयोगमा ल्याउन प्रोटोटाइप तयार, क्रिप्टोकरेन्सीको विकल्प बन्न सक्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
517Shares
विद्युतीय मुद्रा ‘सीबीडीसी’ प्रयोगमा ल्याउन प्रोटोटाइप तयार, क्रिप्टोकरेन्सीको विकल्प बन्न सक्ला ?
ncell

काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा ‘सीबीडीसी’ प्रयोगमा ल्याउन यसको प्रोटोटाइप (नमुना प्रणाली) तयार भएको जनाएको छ । तयार भएको यही प्रोटोटाइप परिमार्जन गर्दै सीबीडीसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजूका अनुसार राष्ट्र बैंकले सीबीडीसीसम्बन्धी सरोकारवालासँगको छलफलमा सीबीडीसी प्रणालीको इन्टरफेस (डिजिटल आवरण) पहिलो पटक सार्वजनिक समेत भएको छ। यसको लगइन स्क्रिन, एड्मिन र युजर ड्यासबोर्ड सार्वजनिक गरिएको छ ।

‘हामीले बेस प्रोटोटाइप भर्सन ०.१ विकास गरिसकेका छौं । यो होलसेल र रिटेल दुवै प्रकारको सीबीडीसीका लागि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो ब्लकचेन हाइपरलेजर फ्याब्रिक प्लाटफर्म पूर्वाधारमा बनेको छ, यसमा कतिसम्म रकम राख्न पाइने भन्ने क्यापचाहिँ निर्धारण भइसकेको छैन ।’ राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीको नाम तय भइनसकेको धुँजूको भनाई छ। भारतीय रिजर्भ बैंकले आफ्नो सीबीडीसीको नाम ‘ई–रुपी’ राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीबीडीसी प्रणालीको प्रोटोटाइप इन्टरमिडिएटरी आर्किटेक्चर अर्थात् राष्ट्र बैंकले सिधै प्रयोगकर्तालाई डिजिटल मुद्रा उपलब्ध गराउने नभई बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने मोडलमा विकास गरिएको जानकारी दिए । यस्ता मुद्रामा ब्याज प्राप्त नहुने र सुरुवाती चरणमा सामान्य कारोबारका लागि प्रयोगमा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार सीबीडीसीबारे धेरै द्विविधा र गलत बुझाइ रहेको र त्यसलाई चिर्दै जान आवश्यक रहेको बताएका छन्। सीबीडीसीलाई क्रिप्टोकरेन्सीको विकल्प मान्न नमिल्ने, यसले नगदलाई प्रतिस्थापन नगर्ने र विद्यमान डिजिटल भुक्तानी प्रणालीलाई कुनै असर नपु‍र्‍याउने उनले प्रस्ट्याए । ‘राष्ट्र बैंकले क्रिप्टोलाई मुद्रा मान्दैन, यो डिजिटल एसेट हो र यसको मूल्य तलमाथि भइरहन्छ,’ उनले भने, ‘सीबीडीसीको मूल्य परिवर्तनशील हुँदैन, यो नगद जस्तै हो । क्रिप्टोका चुनौती सम्बोधन गर्न यसले केही न केही मद्दत गर्छ अधिकारीले भने  ।’

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?