काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त दुई सदस्य नियुक्त गरेका हुन ।
बुधवार लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन्। केसी नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन) का अध्यक्ष हुन् भने पराजुली नेकपा एमालेनिकट हुन् ।
मन्त्री खड्काले यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएपछि केसी र पराजुलीलाई सदस्य नियुक्त गरेका हुन् । उनीहरूको कार्यकाल ४ वर्षको हुने छ ।



































