National life

विभिन्न सात विधामा सूचना प्रविधि अवार्ड वितरण, कसलाई कुन पुरस्कार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
1.3kShares
विभिन्न सात विधामा सूचना प्रविधि अवार्ड वितरण, कसलाई कुन पुरस्कार ?
ncell

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सात वटा विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड’ वितरण गरेको छ ।

सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवार्डसहित सम्मान गरेको हो । अवार्ड प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका हुन् ।

सरकारले नेशनल ‘आईसीटी एक्सेलेन्स अवार्ड २०२५’ प्रा.डा.

Royal Enfield
nic asia capital
शशिधर राम जोशीलाई प्रदान गरेको छ । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको आईओएममा ४ दशकदेखि इन्जिनियरिङ क्षेत्रमा अध्यापन गर्दै आएका छन् । एआईबारे चासो राख्ने उनका अनुसन्धानमुलक लेखहरू १६ बढी भाषामा प्रकाशन भएका छन् ।

यस्तै 'नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२५' महिलातर्फ वन्दना शर्माले पाएकी छिन् । उनी नेपाल बैंकमा कार्यरत छिन् । उनले नेपाल बैंकमा प्रविधि भित्राउनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सरकारले सम्मान गरेको हो ।

यस्तै 'नेशनल आईसीटी नवप्रवर्द्धन अवार्ड २०२५' ई–कागज पत्र प्रालिलाई प्रदान गरिएको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको यो कम्पनीले सरकारी कागजलाई डिजिटलाइज्ड गर्दै आएको छ ।

यस्तै पब्लिक सेक्टरबाट 'नेशनल आईसीटी अवार्ड' जल तथा मौसम विज्ञान विभागले पाएको छ । विभागले सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गरेर मौसमको जानकारी दिँदै आएको छ ।

प्राइभेट सेक्टरबाट नेशनल आईसीटी अवार्ड माभोरियन डेभलपमेन्ट सिष्टम बालुवाटारले पाएको छ । माभोरियनले नेपालमै वेब डेभलपमेन्ट र डेटा सेन्टर स्थापना गरी साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आएको छ ।

'नेशनल आइसिटी अवार्ड प्रादेशिक पब्लिक सेक्टर २०२५' तर्फ ललितपुर महानगरपालिकाले पाएको छ । छोटो समयमा बिलिङ सिष्टमलाई डिजिटलाइज्ड गरेवापत् लललितपुर महानगर सम्मानित भएको हो ।

नेशनल आइसिटी अवार्ड २०२५ प्रादेशिक प्राइभेट सेक्टरतर्फ निन्जा इन्फोसिस प्रालि बाँकेले पाएको छ । निन्जा इन्फोसिसले मोफसलमा रहेर डेटा सन्टर र वेब डेभलपमेन्टका सेवाहरू प्रदान गर्दै आएको छ ।

यसैगरी यस वर्षको 'नेशनल आईसीटी स्टार्टअप अवार्ड २०२५' ट्याकुम डिजिटल प्रालि नखीपोटलाई प्रदान गरिएको छ ।

सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्लाउड फ्याक्ट्री) र लिभफ्रग टेक्नोलोजी सम्मानित भएको छन् ।

स्प्राउट टेक्नोलोजी आईटी कम्पनी हो, जसले विभिन्न आईटी सम्बन्धी सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।

यस्तै लिभफ्रग टेक्नोलोजीले पनि आईटी सम्बन्धी विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा एनसेल आजिआटा, फोन पे र ई–सेवा सम्मानित भएका छन् । एनसेल निजी स्वामित्वको दूरसञ्चार सवा प्रदायक क्षेत्र हो भने फोन पे र ईसेवा निजी क्षेत्रकै डिजिटल भुक्तानी सेवा प्रदायक हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?