काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरूको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा “दूधको खपत बढाऔँ, अर्थतन्त्र सबल बनाऔँ” भन्ने मूल नाराका साथ दूध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामूलक उपत्यका स्तरीय अन्तर विद्यालय कविता प्रतियोगिता कार्यक्रम बुढानिलकण्ड नगरपालिका वडा नं.९, स्थित ब्रेन ल्याण्ड एकेडेमी स्कुलको सभा हल सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा उपत्यकाका १८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीहरूले दूध तथा दुग्धजन्य पदार्थको मौलिक उपयोगिता तथा यसका सामाजिक तथा आर्थिक पक्षलाई समेत कविता मार्फत उजागर गरेका थिए। अधिकांश विद्यार्थीहरूले आफ्नो कवितामा कृषि प्रधान देश र पशुपालन व्यवसायी नेपालीहरूको मौलिक पेशा व्यवसाय रहेकोमा हाल आएर कृषिमा बढ्दै गएको परनिर्भरताले वर्तमान देशको आर्थिक तथा वैदेशिक व्यापार घाटाको अवस्थालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका थिए। कवितामा कृषि तथा पशुपालन व्यवसाय मात्रै नभएर मानव जीवनको एक अभिन्न अंग तथा मानव सभ्यताको एक महत्त्वपूर्ण हिस्सा समेत रहेको जिकिर गरेका थिए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षयता एवं बागमती प्रदेश सभाका सदस्य माननीय जयराम थापाज्यूको प्रमुख अतिथ्यितामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा. दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राज कुमार कार्की, कृषि उद्यम केन्द्रका सदस्य तथा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईँ, नेपाल पाउरोटी संघका अध्यक्ष कमल अधिकारी, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय उपाध्यक्ष दीप प्रसाद धमला, बागमती प्रदेशका उपाध्यक्ष गोपाल तिमल्सिना र सचिव श्याम कुमार घिमिरे, नुवाकोटका अध्यक्ष दिपक ढुगांना, विभिन्न विद्यालयका प्रधानाध्यपक एवं प्रतिनिधि, एसोसिएसनका केन्द्रीय पदाधिकारी एवं सदस्य प्रतिनिधि लगायत सरोकारवाला संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थित रहको थियो ।
कार्यक्रम संयोजक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेलले स्वागत मन्तव्यबाट प्रमुख अतिथि एवं अतिथिहरूलाई स्वागत गर्नु भएको थियो । कार्य्रक्रममा कविता प्रतियोगिता आयोजना बारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले भने,“एसोसिएसन विगत १२ वर्ष देखि निरन्तर दुध तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यावसायिकीकरण क्रियाशील रहेको र मौलिक उत्पादन मोहीको प्रवर्द्धन र सम्वद्र्धनमा लागि परेको कुरा बताउदैं प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूमा सदैव सकारात्मक सोचको आवश्यकता रहेकोले निरन्तर यस्ता कार्यक्रममा उपस्थित रही आफ्नो सृजनालाई निरन्तर परिष्कृत रूपमा अगाडी बढाउन आग्रह गरे।
कार्यक्रममा बोल्नु हुँद कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य माननीय जयराम थापाले दूध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको छ । दुग्ध क्षेत्रले देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पु¥याएको छ । यसरी बालबालिका बीच दूध तथा दुग्ध पदार्थको बारेमा जानकारी गराउदै एसोसिएसनले विभित्र समयमा विभित्र गतिविधि गरेको खुशी व्यक्त गर्दै प्रदेश सरकार कृषि तथा पशुपन्छी सहित दुग्ध क्षेत्रको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा। दिपेन्द्र श्रेष्ठले विद्यालयस्तरमा विद्यार्थीहरूलाई दुग्धजन्य पदार्थको उपयोग बारेमा सचेत गराई लैजान सकेमा आगामी दिनहरूमा यसको नीतिगत सुधार र कार्यक्रमगत सुधारका लागि सौहार्दपूर्ण वातावरण बन्ने कुरामा विश्वास व्यक्त गर्नु भयो । साथै राज्य पक्षले कृषि तथा कृषिजन्य व्यापार व्यवसाय र पेशालाई व्यावसायिकरण गर्न जरुरी रहेको कुरा बताउदैं कविता प्रतियोगितामा प्रतिस्पर्धी सबै विद्यार्थीहरूमा आभार व्यक्त गर्दै विजेता विधार्थीहरुलाई शुभकामना व्यक्त गरे।
कविता मार्फत कृषि तथा पशुपालन र दुग्धजन्य पदार्थका महत्वको बारेमा विद्यालय स्तरका विद्यार्थीहरूले अभिव्यक्त गरेका भावनाहरू अत्यन्तै प्रभावकारी रहेको र यसले आगामी दिनहरूमा नयाँ पिँढीलाई स्वास्थ्यकर दुग्धजन्य पदार्थको प्रयोग र उपयोगितामा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने कुरा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा।राजेन्द्र प्रसाद यादवले बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राज कुमार काकीले भने, “यस कविता प्रतियोगिता कार्यक्रमले समग्र कृषि क्षेत्रमा नयाँ पीढीका विद्यार्थीहरूको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको र कविता मार्फत दूध तथा दुग्धजन्य पदार्थका विषयमा रहेर व्यक्त गरेका सृजनाले आगामी दिनमा कृषि क्षेत्रको व्यावसायिकीकरण थप मजबुत रहने विश्वास व्यक्त गरे र आगामी दिनमा उद्यम केन्द्रबाट दुग्ध क्षेत्रको विकास र उद्यमशीलताका लागि सधैँ क्रियाशील रहने कुरा व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलगायत प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक÷शिक्षक प्रतिनिधि र विद्यार्थीहरूमा हार्दिक आभार सहित धन्यवाद दिएका थिए ।
कविता प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यार्थी मध्ये इन्टरनेशनल जोसेफ पब्लिक स्कुलका छात्रा भावना बराल उत्कृष्ट प्रथम कविता वाचकको रूपमा विजयी भएकी थिइन् । प्रतियोगितामा क्रमश सेन्ट जर्ज विद्यालय का मा।।।न।पा–५, विशालनगरका छात्र आर्यन शाही द्धितिय, युरेका हाई स्कुल, नेपालटारका छात्रा जेसिका थापा तृतीय र दिव्य ज्ञान उच्च माध्यमिक विद्यालयका छात्रा सभ्यता कार्की र पिक प्याइन्ट एकेडेमी बु।न।पा–१३ का छात्रा प्रान्शु रावतले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा आयोजक एसोसिएसनले प विजेतालाई नगद प्रमाणपत्र, शिल्ड, मेडल र दूध तथा दुग्धजन्य सामाग्री प्रदान गरिएको थियो ।
नेपाल डेरी एसोसिएसनका सात वटै प्रदेश, २५ वटा जिल्लालाई केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व दूध दिवस मनाउन निर्देशन समेत गरिसकेको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए भने जेठ १६ गते शुक्रवार रोजमेरी आइडल स्कुल, तारकेश्वर–७ काठमाडौँमा करीब १००० हजार विद्यार्थीहरूलाई निःशुल्क दूध सेवन गराउने कार्यक्रम रहेको कुरा जानकारी कार्यक्रम संयोजक रमेश सञ्जेलले बताए । प्रत्येक वर्ष आयोजना गरिने मूल समारोह यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्ड एवं विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा हेटौडामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी ज्यूको प्रमुख अतिथ्यितामा सम्पन्न हुने कुरा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य एवं एसोसिएसनका सह कोषाध्यक्ष रामभक्त दाहालले बताए ।
कार्यक्रमको समुद्घाटनमा विद्यालयका ससाना नानी बाबुहरूलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरूले संयुक्तरुपमा दुधपान गराएका थिए । कार्यक्रममा एसोसिएसनले उपस्थित सबैलाई दूध तथा दुग्धजन्य पदार्थ सेवन गराउदैं उपस्थित अतिथिहरूलाई मायाको चिनो स्वरूप दूध तथा दुग्धजन्य पदार्थ वितरण गरिएको थियो । कविता प्रतियोगिता मूल्याङ्कनका लागि निर्णायक मण्डल समितिमा कवि सरोज ओझा र साहित्यकार राधिका कल्पित रहेका थिए भने कार्यक्रम सञ्चालन मिडियाकर्मी प्रमीला खतिवडाले गरेकी थिइन् ।
नेपाल डेरी एसोसिएसनको कविता प्रतियोगितामा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ् कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रिनियर्स, अप्टिमिष्ट क्लब अफ बुढानिलकण्ड, युनिप इन्टरनेशनल, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र, ब्रेन ल्याण्ड स्कुल, निजी विद्यालयहरूको साझा संगठन स्याट्, सौर्य सोसाईटस् फर च्यान्ज तथा नवप्रभात डेरी उद्योग, सिडिक्यान, डिआईए, पशुसेवा विभाग, बागमती प्रदेश दुग्ध विकास बोर्डको सहकार्यमा कार्यक्रम आयोजना रहेको कुरा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीप प्रसाद धमलाले बताए ।


































