National life
cg eloctronics

वीरगन्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
401Shares
वीरगन्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाकाबाट १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने १ अर्ब ६ करोडले घटेको छ। सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि त्यसबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ। यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ सङ्कलन भएको छ ।

त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोड रुपैयाँको ४ लाख १३ हजार ५०४ किलोमिटर पेट्रोल आयात भएको छ । जबकि गत आवको ११ महिनामा ३६ अर्ब ४ करोड रुपैयाँको ३ लाख ६१ हजार ७२७ किलोमिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्‍यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
401SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?