National life

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
406Shares
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित
ncell

काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेकोको बैठकले विधेयक पारित गरेको हो ।

संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसदले छोटो समयमा पनि महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको सुनाए ।

Royal Enfield
nic asia capital

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले समेत नयाँ अवधारणा भन्दै विधेयकको प्रशंसा गरे । संसदको अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमा सभामा पेश गरिएको थियो । वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।

यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?