काठमाडौं । हेटौंडा उपमहानगरपालिका- ४ मा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको छ।
यस कम्पनीले १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ (रजिष्ट्रेसन शुल्क सहित) बराबरको भवन खरिद गरेको जनाएको छ । व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि उक्त भवन तथा जग्गा खरिद गरिएको कम्पनीले जानकारी दिएको छ ।







































