काठमाडौँ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीले १०० प्रतिशत हकप्रदपछि यस कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
उक्त सेयर बिक्रीका लागि खानीखोलाले नेपाल धितो पत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
यस कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ। हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ।

































