National life

शेयर अभौतिकीकरण र बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
1.1kShares
शेयर अभौतिकीकरण र बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह
ncell

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश भुक्तानी गरिरहेका अवस्थामा शेयर अभौतिकीकरण र बैंक खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो ।

शेयरधनीहरूले आफ्नो प्यान नम्बर, फोन तथा मोबाइल नम्बरसँगै आफ्नौ इमेल आईडीसमेत अद्यावधिक गराउनुपर्ने जानकारीसमेत कम्पनीले गरेको छ ।

Royal Enfield
nic asia capital
क्यापिटलले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।

सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।

कम्पनीले यस वर्षको १५८० प्रतिशत नगद लाभांश गत पुस ५ गतेदेखि वितरण गर्न शुरु गरेको हो । अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले उक्त लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको लाभांश भने कम्पनीले सार्वजनिक गरेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?