National life

संसदमा दर्ता भयो संघीय निजामती विधेयक (पूर्णपाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
557Shares
संसदमा दर्ता भयो संघीय निजामती विधेयक (पूर्णपाठ सहित)
ncell

काठमाडौँ । बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार९आज० विधेयक दर्ता गराएको हो। यसअघि सरकारले संघीय संसद सचिवालयमा दर्ता गर्न लगेको संघीय निजामती विधेयकमा सैद्धान्तिक लगायतका प्राविधिक पक्ष मिलाउनुपर्ने देखिएको भन्दै मिलाएर ल्याउन सचिवालयले सरकारलाई सुझाव दिएको थियो।

प्रस्तावित विधेयकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघीय दरबन्दीमा रहने, उनीहरूलाई संघले पठाउने र खटनपटन भने प्रदेशले नै गर्ने उल्लेख छ ।

Royal Enfield
nic asia capital
१० वर्षपछि प्रदेशले व्यवस्थापन मिलाउने विधेयकमा उल्लेख छ ।

यसअघि श्रेणी र तह गरी दुई पद रहेकोमा अब  १४ तहसम्म रहने प्रावधान राखिएको छ । सहसचिवलाई ११ औँ र १२ औँ दुई तहको प्रस्ताव गरिएको छ । १३ औँ तहको सचिव हुने र १४ तहको मुख्यसचिव हुने प्रस्ताव विधेयकमा छ । अब १२ औँ तहमा पुगेको सहसचिव मात्र सचिव हुनेछन् ।

निजामती सेवाका कर्मचारीको जागिर अवधि ६० वर्ष उमेर हद हुने, महिलालाई छुट्टाएको क्लस्टर अन्तर्गतको प्रतिशतभित्रबाट पनि खस आर्य, दलित, अपाङ्ग, विपन्न खस आर्य महिलालाई छुट्टै कोटा निर्धारण गर्ने लगायतका प्रावधान राखिएको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/03/sanghiya-nijamati-bidhek.pdf" title="sanghiya nijamati bidhek"]

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?