काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फको २० करोड रुपैयाँको सीमा खारेज गरेको छ । व्यक्तिगतमा १५ करोड र सोभन्दा माथि ऋण लिनु परेमा संस्थागत लगानीकर्तामार्फत व्यवस्था खुला भएपछि लगानीकर्तामा उत्साह थपिएको हो ।
शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जामा व्यक्तिगततर्फको कर्जालाई यथावत् राख्दै संस्थागततर्फको कर्जा सीमा खारेज गरेका थिए । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको भन्दै सेयर धितोमा संस्थागत लगानीकर्तालाई दिइने कर्जाको सीमा हटाइएको राष्ट्र बैंकले जनाएको छ ।
व्यक्तिगततर्फ सेयर कर्जाको सीमा अधिकतम १५ करोड रुपैयाँ छ । ‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने,’ मौद्रिक नीतिमा उल्लेख छ ।
सेयर बजारमा लगाइएको संस्थागततर्फको सीमा हटाएकाले अर्थतन्त्र चलायमान हुन सहयोग शेयर विश्लेषकहरूको भनाई छ ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/Circular2-ABC-FinalUpload.pdf"]



































