National life

सतुङ्गलमा मनकामना हार्डवेयर एण्ड सप्लायर्सको नयाँ शाखा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ फागुन २०८१, बुधबार
929Shares
सतुङ्गलमा मनकामना हार्डवेयर एण्ड सप्लायर्सको नयाँ शाखा उद्घाटन
ncell

काठमाडौं । मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि. बनेपाको अर्को एउटा नया शाखा सतुंगल आज भब्य समारोहको साथमा सुभारम्भ भएको छ ।

शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवन काटेर सुभारम्भ गर्नु भएको उक्त कार्यक्रममा नेपालको निर्माण सामाग्री उत्पादन गर्ने प्राय सबै उद्योगका प्रमूख वा प्रतिनिधिहरू र निमार्ण क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्मक्रममा मनकामना हार्डवेयर तथा सप्लायर्सका संचालक राम प्रसाद झाङ र सज्जन अग्रवालले प्रमूख अथितिज्यूलाई नेपालको उद्योग तथा ब्यवसायिक प्रतिष्ठानमा उहाले पुर्याएको उच्च योगदानको कदर गर्दै सम्मानपत्रका साथमा अभिन्नदन समेत गर्नु भएको थियो ।

कार्यक्रममा अम्बे स्टील्स प्रा.लि., अम्वे सिमेन्ट, अर्घाखाची सिमेन्ट, बृज सिमेन्ट, अशोक स्टील्स ईन्डस्ट्रिज, नारायणी स्टील्स, राजेश हार्डवेयर, गोयल स्टील्स, ह्वासिन सिमेन्ट, होङसी सिमेन्ट, हुलास स्टील्स, हुलास वायर ईन्डस्ट्रिज, जगदम्वा प्लास्टिक, जगदम्वा ईन्टरप्राईजेज, स्वस्तिक रोलिङ मिल्स प्रा.लि., हुलास आईरन, मारूती सिमेन्ट, सिद्धिलक्ष्मी स्टिल्स प्रा.लि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्बोत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टील , गोयंका स्टिल, युनाईटेड सिमेन्ट तगायतका अन्य बिभिन्न उद्योगका प्रमूख र प्रतिनिधीहरू तथा निमार्ण क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरूको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रम अत्यन्त भब्यताका साथ सम्पन्न भएको थियो ।

मुख्य कार्यालय बनेपा रहेको मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि. ले बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र थली काठमाण्डौबाट आफ्नो ब्यबसाय गर्दै आएको छ ।

nic asia capital

आजबाट काठमाण्डौको थलि र सतुंगल गरि दुईवटा शाखाबाट ब्यबसाय सुरू भएको छ । मनकामना हार्डवेयरका संचालक राम प्रसाद झाङले आजबाट काठमाण्डौ, भक्तपुर, धादिङ, नुवाकोट आधार मानेर त्यहाका हार्डवेयर तथा निर्माण ब्यबसायीलाई सुलभ र सहजताको लागि यो ब्रान्च सुरू गरिएको जानकारी दिए ।

संचालक सज्जन कुमार अग्रवालले हाम्रो यो शाखा बिस्तारले काठमाण्डौ आसपासको ग्राहकहरूलाई अत्यन्त सहज र सजिलो हुने बताए । अहिले हामीले बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशमा प्रत्यक्ष र देशै भरी सेवा दिदै आएकोमा अब देशका पूर्व र पश्चिमका अन्य शहरहरूमा समेत शाखा बिस्तार गर्दै जाने बताए ।

कार्यक्रममा सतुगंल शाखा प्रमूख रोशन पाठकले आजबाट सुरू गरिएको मनकामना हार्डवेयरको सतुंगल शाखालाई माया गरेर सेवा गर्ने अवसर दिन सम्पूर्ण निमार्णसंग सम्बन्धित उद्यमी र ब्यबसायीहरूलाई आग्रह समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
929SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?