National life
cg eloctronics

सन लाइफको खुद बीमा शुल्कमा ३४ % ले वृद्धि ,अन्य सूचक यस्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२७ वैशाख २०८२, शनिबार
1.1kShares
सन लाइफको खुद बीमा शुल्कमा ३४ % ले वृद्धि ,अन्य सूचक यस्ता
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क आर्जन ३३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीले तीन अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो । गत वर्षको सोही समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिसम्ममा कम्पनीले तीन अर्ब ३४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३४.३७ प्रतिशतले वृद्धि भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न गरेको छ । गत वर्षको समीक्षा अवधिमा कम्पनीले ४९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २.२४ प्रतिशतले घटेर ६३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले लगानी तथा कर्जाबाट ६५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको जीवन बिमा कोषमा ७ अर्ब ६९ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख ६० हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

यता, कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसाबाट घटेर ११ रुपैयाँ ०७ पैसा कायम भएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?