काठमाडौं । समस्याग्रस्त रूपमा परिचित कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी लाई पक्राउ परेका छन्।
जिल्ला अदालत काठमाडौँले मल्ल ठकुरीसहित ६ विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको छ। उनी विरुद्ध सहकारी ठगीको उजुरी परेको छ। हाल ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ प्रहरी स्रोतले जानकारी दिएको छ।
सहकारीका अध्यक्ष ठकुरी सहित अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’
सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको विभिन्न स्रोतबाट बाहिरिएको छ ।
सहकारीले गत असारमा सेयर पुँजी करिब ४० करोड र ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिमा पठाएपछि सम्पत्ति र दायित्वको विवरण यकिन गर्ने कार्य गर्ने छ ।































