National life

सरकारद्वारा श्री लालीगुराँस सहकारीमा कारोबार नगर्न र कागजात बुझाउन निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
443Shares
सरकारद्वारा श्री लालीगुराँस सहकारीमा कारोबार नगर्न र कागजात बुझाउन निर्देशन
ncell

काठमाडौँ । श्री लालीगुराँस सहकारी संस्थालाई कार्यालय बन्द गरेर कारोबार नगर्न तथा कागजात बुझाउनका लागि सरकारले निर्देशन दिएको छ ।

आइतबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रकाशन गरेको एक सूचना सहकारी समस्याग्रस्त घोषणा भइसकेको हुँदा सञ्चालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरू यस समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोबार नगर्नु नगराउनु हुन भनिएको छ।

सूचनामा सञ्चालक र कर्मचारीले यस समिति समक्ष उपस्थित भई आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरूले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न साथै साबिक सञ्चालक कर्मचारीसँग भुक्तानी सम्बन्धी कारोबार नगर्न निर्देशन दिइएको छ ।

यस्तै बचतकर्ताहरूले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछि समितिसमक्ष निवेदन पेश गर्न र समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारबाही गर्न सूचनामा उल्लेख छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?