National life

सरकारले भूमि बैंक सञ्चालनमा ल्याउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
396Shares
सरकारले भूमि बैंक सञ्चालनमा ल्याउँदै
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र १०० स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा सो घोषणा गरे ।

जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय तहसँग सहकार्य गर्ने र भूमि बैंकले स्थानीय तहसँग करार गरेर जग्गा प्राप्त गर्न सकिने व्यवस्था गरिने उनले बताए ।

स्थानीय तहमार्फत भूउपयोग क्षेत्र वर्गीकरण गरिने उनले बताए ।

Royal Enfield
nic asia capital
‘सरकारी तथा सर्वजनिक जग्गाको संरक्षण गरिनेछ’ बजेट भाषणका क्रममा पौडेलले भने, ‘कृषि योग्य भूमि बाँझो राख्न नपाइने व्यवस्था गरिनेछ ।’

भूमिसम्बन्धी कानुनमा संशोधन गरी आगामी आवभित्र लगत संकलन र प्रमाण संकलन गरी ५ लाख परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिने उनले घोषणा गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
396SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?