National life

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, वर्ष दिनमै थपियो ९१ अर्ब ५९ करोड रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ जेठ २०८२, बिहिबार
403Shares
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, वर्ष दिनमै थपियो ९१ अर्ब ५९ करोड रुपैयाँ
ncell

काठमाडौं । सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरु समेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ ।

महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुंगो लगाउनुपर्ने रकम पाँच खर्ब ५१ अर्ब एक करोड गरी कुल १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो । यसरी हालसम्मको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड नाघेको हो ।

अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालयको तीन खर्ब ७५ अर्ब ४७ करोड, प्रदेश सरकारी कार्यालयको रु० अर्ब ४८ करोड १९ लाख, स्थानीय तहको दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख र समिती तथा अन्य संस्थाको एक खर्ब १७ अर्ब ९४ करोड बराबर रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?