काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा कमाएको १२ करोड ७ लाख रुपैयाँ भन्दा ३९९.३३ प्रतिशतले धेरै हो । कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ५५ करोडबाट बढेर ६ अर्ब ८१ करोड पुगेको छ ।
सिमेन्टको वित्तीय खर्च ३० करोड ४७ लाखबाट घटेर २२ करोड ७० लाख कायम भएको छ । यस सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र अदर इक्विटीमा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
नाफा बढेसँगै यसको प्रतिशेयर आम्दानी १२.७० रुपैयाँले बढेर १६.१६ रुपैयाँ पुगको छ । प्रतिशेयर नेटवर्थ भने १९३.९३ रुपैयाँ रहेको छ ।

































