National life

सर्वोच्च अदालतद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ जेठ २०८२, शुक्रबार
745Shares
सर्वोच्च अदालतद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ
ncell

काठमाडौँ । सर्वोच्च अदालतले डा। विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा। पौडेललाई नेपाल राष्ट्र बैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए ।

Royal Enfield
nic asia capital

उक्त रिट सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका हुन् ।

उनका अनुसार सो रिटमा डा। पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको हो ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेका समाचारहरू सार्वजनिक भएका थिए । यही चर्चाबीच गभर्नर छनोट समितिका सदस्य समेत रहेका पौडेलले सो पदबाट राजीनामा दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?