National life

सहकारी ठगी प्रकरणमा श्रम मन्त्री डोलप्रसाद अर्याल माथि नेपाली कांग्रेसको प्रश्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
509Shares
सहकारी ठगी प्रकरणमा श्रम मन्त्री डोलप्रसाद अर्याल माथि नेपाली कांग्रेसको प्रश्न
ncell

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसले श्रम मन्त्री डोलप्रसाद अर्यालमाथि प्रश्न उठाएको छ।

(आज) मङ्गलवार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम मन्त्री अर्याल सहकारी ठगीमा मुछिएको कुरा संसदमा उठाएका छन्।

उनले भने, श्रम मन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोड बढी फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक थिए।

Royal Enfield
nic asia capital
अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ। राईलाई भित्र्याउने काम श्रम मन्त्री लगायतको हो भन्ने आरोप छ, उनले भने ।

यो घटनाले सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने पुष्टि भएको छ । त्यसैले हामी निष्पक्ष छानबिन भनिरहेका छौँ, उनले भने । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै गृहमन्त्री रवि लामिछानेको समेत राजीनामाको माग गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?