काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सांसद राई गत वैशाख १३ गते पक्राउ परेकी थिईन् । उनी पक्राउ परेको १७ दिनमै मुद्दा दायर गरिएको हो ।
उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।
सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।


































